रामानन्द सागरकाे ‘रामायण’ टेलसिरियल पुन: टिभीमा हेर्न पाइने

रंग नेपाल २०८० असार १३ मा प्रकाशित

मुम्बई । रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ लाई लिएर देशभर विवाद चर्किएको छ  ।  प्रभास, कृति सेननको फिल्म रिलिज भएको १२ दिन बितिसक्दा पनि जनताको मनमा रहेको आक्रोश शान्त हुने नाम लिइरहेको छैन । ओम राउत निर्देशित यो मेगा बजेट फिल्म विवादमा फसेको बेला ‘रामायण’का फ्यानहरुका लागि एउटा खुसीको खबर आएको छ ।

सन् १९८० को दशकको चर्चित टिभी सिरियल ‘रामायण’ फेरि टेलिकास्ट हुने भएको छ । रामानन्द सागरले बनाएको यो सिरियल कहिले, कहाँ र कुन समयमा प्रशारण हुने हो ? यो जानकारी राखौं ।

अरुण गोभिल, दीपिका चिखलियाजस्ता स्टार कलाकारलाई लिएर बनेको यो पौराणिक सिरियल ओम राउतले घोषणा गरेको दिनदेखि नै ‘आदिपुरुष’सँग तुलना भइरहेको थियो । लकडाउनमा पुनः रामकथाबारे जनतालाई सचेत गराए पछि रामानन्द सागरद्वारा रचना गरिएको ‘रामायण’ फेरि एकपटक टिभीमा फर्किएको छ ।

च्यानल शेमारू टिभीले सुपरहिट शो रामायणको प्रोमो इन्स्टाग्राममा सेयर गर्दै लेखेको छ, ‘हामी तपाईंहरू सबै प्रिय दर्शकहरूका लागि विश्व प्रसिद्ध पौराणिक धारावाहिक रामायण ल्याइरहेका छौं, ३ जुलाई बाट रामायण साँझ ७ः ३० बजे मात्र हेर्नुहोस् । आफ्नो मनपर्ने च्यानल शेमारु टिभीमा ।

यो पौराणिक सिरियल शेमारु टिभी च्यानलमा जुलाई ३ गतेवाट साँझ ७ः३० बजे प्रशारण हुनेछ । रामानन्द सागर निर्देशित रामायण १९८० को दशकमा लोकप्रिय सिरियल थियो ।

सिरिजमा रामको भूमिकामा अरुण गोभिल, सीताको भूमिकामा दीपिका चिखलिया र लक्ष्मणको भूमिकामा सुनिल लाहिरीले अभिनय गरेका छन् । यसमा स्वर्गीय दारा सिंहले हनुमानको भूमिका निभाएका थिए भने अरविन्द त्रिवेदीले रावणको भूमिका निर्वाह गरेका थिए ।

यो सिरयल सुरुमा २५ जनवरी १९८७ देखी ३१ जुलाई १९८८ सम्म प्रसारित भएको थियो र दर्शकहरूको ठूलो माया प्राप्त भयो ।

धेरै पढिएका

पछिल्ला अपडेट