एउटा फिल्म, जसले अक्षय कुमारलाई ननभेजबाट शाकाहारी बनाइदियाे

रंग नेपाल २०८० असार २७ मा प्रकाशित

मुम्बइ । ठूला पर्दामा सुन्दर देखिनका लागि बलिउड स्टारहरूले आफ्नो खानपान र दिनचर्यामा धेरै परिवर्तन गर्छन् । यति मात्र होइन, फिल्मको स्क्रिप्ट अनुसार समेत आफूलाई परिवर्तन गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई एउटा यस्तो स्टारकाे रेमा बताउनेछौं, जसमा अभिनेताले केही दिनमा मात्रै होइन, उनको सम्पूर्ण जीवन परिवर्तन गरेका छन् । यी अभिनेता अरु कोहि होइन बलिउडका खिलाडी अर्थात अक्षय कुमार हुन् ।

अक्षय कुमार फेरि चर्चामा छन् । उनको बहुप्रतिक्षित फिल्म ‘ओह माई गॉड २’ अर्थात् ‘ओएमजी २’ को टिजर सार्वजनिक भएको छ । आज हामी उनका फिल्महरूको बारेमा कुरा गर्दैनौं । तर आज हामी तपाईलाई फिल्मसँग सम्बन्धित अभिनेताको बारेमा केही बताउन गइरहेका छौँ, जसको बारेमा तपाईले पहिले सुन्न नपाउनु भएकाे हुन सक्छ ।

तपाईलाई थाहा छ अक्षय कुमार पहिलो मांसाहारी थिए । त्यसो भए उनी अचानक शाकाहारी कसरी भए ? के उनले फिल्मका लागि यस्तो गरे ?

वास्तवमा अक्षय कुमारकी आमा अरुणाले छोराको हरेक फिल्मको पूरा जानकारी राख्थिन् । उनले समय-समयमा अक्षयलाई धेरै महत्त्वपूर्ण सुझाव पनि दिइन् । फिल्म ‘ओ माई गॉड’ मा अक्षय भगवान कृष्णको भूमिका निभाउन लागेको थाहा पाएपछि उनले अक्षयलाई सुझाब दिइन् कि शाकाहारी बने ।

रिपोर्टका अनुसार आमाले फिल्म पूरा नभएसम्म नन-वेज नखान भनिन् किनभने तिमी भगवानको भूमिकामा देखिदै छौ । यस्तो अवस्थामा उनीहरु जस्तै जीवन जिउन पनि जरुरी छ । अक्षयलाई आमाको यो सुझाव निकै मन पर्यो । असल छोरो भएकाले उनले फिल्मको समयमा मांसाहारी खाना त्यागे र शाकाहारी बने ।

फिल्म सकियो र त्यसपछि केही यस्तो भयो, जसले अक्षयलाई सधैंका लागि शाकाहारी बनायो । वास्तवमा फिल्म सकिएपछि पनि अक्षय आफैंले नन-वेज खानु हुँदैन भन्ने लागेको थियो र उनले सधैका लागि ननभेज छाडिदिए । यही कारणले गर्दा अक्षय साे फिल्म पछि अहिलेसम्म शाकाहारी नै छन् र अहिले पनि उनी ननवेजलाई पनि छुनन् । अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम स्टारर ‘ओह माई गड’ अर्थात् ‘ओएमजी २’ को बजेट १५० करोड भारु छ । यो फिल्म अगस्ट ११ मा बक्स अफिसमा रिलिज हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट