‘दोहोरी आइडल’का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक (नामसहित)

रंग नेपाल २०८० साउन ७ मा प्रकाशित

काठमाडौं । नेपाल नेटवर्क टेलिभिजनले ‘दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगी सार्वजनिक गरेको छ । ‘दोहोरी आइडल’ नेपालको पहिलो बहुभाषिक रियालिटी शो हो जसमा सहभागीले नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिनेछन् ।

वर्तमान सन्दर्भमा युवा पुस्तालाई आधुनिक संगीततर्फ आकर्षित गर्दै नेपालको विविधता युक्त लोकगीत संस्कृतिको संरक्षण र प्रवर्दन गर्ने यो एउटा ढाँचा हो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आइडलका उत्कृस्ट ४२ लाई प्रमाणपत्र वितरण गरिएको छ । प्रमाणपत्र वितरण कार्यक्रममा डीएआर मुभिजका प्रबन्ध निर्देशक श्याम धिताल, लोक गायक प्रेमराजा महत, लोक गायिका लक्ष्मी न्यौपाने, लोक गायिका राधिका हमाल, लोक गायक चन्द्र शर्मालगायतको उपस्थिति थियो ।

यससँगै नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरूबीच हुने प्रतिस्पर्धाको विजेताले नगद दश लाख र कार प्राप्त गर्नेछन् । ‘दोहोरी आइडल’ को उपविजेताले नगद तीन लाख र मोटरबाइक प्राप्त गर्नेछन् । डीएआर मुभिजको फर्म्याटमा बनेको ‘दोहोरी आइडल’का निर्देशक प्रभावन जे रहेका छन् ।

दोहोरी आइडलको उत्कृष्ट २० टीमका ४२ सहभागीहरूमा सविन आचार्य, रीता रावत, सपना रोका, विक्रम बालू विश्वकर्मा, तारा थापा, टेकराज भण्डारी, रविन्द्र सुनार, निर्भता वस्नेत, सुस्मा ठकुरी, रत्न श्रेष्ठ, सरोज सिम्खडा, आशा केसी, संगीता थापा, सुरेन्द्र ज्याली मगर र वपु सविता परियार छन् ।

यस्तै, अनिल सुनार, निशान्त बिक, लक्ष्मी बस्नेत, सिदार्थ आले, प्रिती गिरी, सुमन खड्का, शर्मिला बीसी, सानु केसी, सविता ढुङ्गाना, प्रकाश दुरा, खुस्बु सुनार, विजय बानियाँ, लक्ष्मी भण्डारी, बिवेक धिताल, जमुना सुनार दीपेन्द्र पौडेल, राममाया थापा, मीना नेपाल, प्रशन्न पाठक/राजेन्द्र पाठक, अर्जुन खड्का, सचिन भइराई, तिर्सना बुढाक्षेत्री, जीवन सिग्देल, रेनुका भट्टराई, प्रितम पोखरेल, वीना अनुरागी, राजेन्द्र पाठक, शान्ति भुषाल प्रतिस्पर्धामा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट