शाहरूख खानको फिल्म ‘जवान’को पोस्टर सार्वजनिक

रंग नेपाल २०८० साउन २६ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’को नयाँ पोस्टर सार्वजनिक भएको छ।

बिहीबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो । अभिनेता शाहरूखले पोस्टर सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन्, ‘साहसी । चकित । खतरनाक ।’

सार्वजनिक पोस्टरमा शाहरूख खान, नयनतारा र विजय सेतुपथीलाई प्रस्तुत गरिएको छ । एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूख खान, नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ । फिल्ममा गौरी खानको लगानी छ ।

फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन् । फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन् । फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शनमा आउनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट