आफ्नै संवेदनशील अंग काटेपछि…

रंग नेपाल २०८० साउन ३२ मा प्रकाशित

मकवानपुर । मकवानपुरको हेटौंडा स्थित ठूलो बसपार्कको एक होटलमा एक युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेका छन् ।

गएराति हेटौंडा-१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको कोठा नम्बर १ मा एक युवकले आफ्नै संवेदनशील अंग काट्दा घाइते भएको प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका-७, नयाँगाउँका २२ वर्षीय युवकले आफ्नै संवेदनशील अंग काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार संवेदनशील अंग काटेर घाइते भएका युवक उपचारका लागि आफैँ गएराति नै हेटौंडा अस्पतालमा पुगेका थिए ।

उनलाई थप उपउपचारको लागि गएराति नै चितवन मेडिकल कलेज रेफर गरिएको थियो ।

युवकको आज दिउँसो शल्यक्रिया गरिएको चितवन मेडिकल कलेजले जनाएको छ । उनको लिंगको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । उनी अहिले खतरामुक्त अवस्थामा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट