‘द रेड सुटेकस’ को फस्ट लुक सार्वजनिक

रंग नेपाल २०८० भदौ २२ मा प्रकाशित

काठमाडौं ।  आज शुक्रबार भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर हुने द रेड सुटकेसको फस्टलुक सार्वजनिक गरिएको छ ।

फिल्मको निर्माण समूहले दुई मिनेटको भिडियो क्लिप सार्वजनिक गर्दै फस्टलुक सार्वजनिक गरेको हो । सार्वजनिक क्लिप्समा देश फर्कने र छाड्नेको नियति प्रस्तुत गरिएको छ । फिडेल देवकोटाको डेब्यु निर्देशनमा बनेको फिल्मले हलिउडको चर्चित पत्रिका भेराइटीमार्फत् फस्ट लुक सार्वजनिक गरेको हो ।

फिल्मका निर्देशक फिडेल देवकोटा र निर्माता रामकृष्ण पोखरेलको भनाइ उद्धृत गर्दै भेराइटीले फिल्ममा नेपाल र श्रीलंकाबीच दुर्लभ सहकार्य रहेको शीर्षकमा समाचार लेख्दै फिल्मको क्लिप सार्वजनिक गरेको हो ।

फिडेलकै लेखनसमेत रहेको फिल्मले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउ“मा जाने चालकको रहस्यमय कथा प्रस्तुत गर्छ ।

द रेड सुटेकस भेनिसको होराजेन्टे विधामा प्रतिस्पर्धा गरिरहेको छ । वल्र्ड प्रिमियरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ सहभागी हुँदैछन् । फिल्मलाई आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन् । फिल्मको सह–निर्माणमा श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा रहेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट