नीता ढुङ्गानाको फिल्म ‘पार्वती’को प्रदर्शन मिति तय

रंग नेपाल २०८२ चैत १७ मा प्रकाशित

काठमाडौं । नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ ।

निर्माण टिमले यही चैत २४ गतेबाट छायांकनमा निस्किने तयारी गरेको जानकारी दिएको छ । साथै, फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ । यस फिल्मकी निर्देशक नीता ढुङ्गानाले फिल्मलाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन् । उनले भनिन्, ‘हामी यही चैत २४ गतेबाट फिल्मको छायांकनमा निस्किदैछौँ । र हामीले वितरक तथा सबैसँगको सल्लाह अनुसार फिल्मलाई आगामी भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौँ ।’

यस फिल्ममा निर्देशक ढुङ्गाना आफै मुख्य भूमिकामा अभिनय गर्दैछिन् । नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ । निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।

सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन् । सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन् । उनी पहिलो पटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन् । फिल्ममा प्रोडक्सन शंकर पाण्डेले हेर्दैछन् भने कार्यकारी निर्माता पनि उनै रहेका छन् । फिल्मको सम्पादन साहिल खानको रहनेछ भने फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट