प्रहरीले सक्यो गायिका दिलमायाको शंकास्पद मृत्युको अनुसन्धान, के आयो निष्कर्ष ?

रंग नेपाल २०७९ साउन १ मा प्रकाशित

काठमाडौँ । लोक दोहोरी गायिका दिलमाया मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धान सकेको छ ।

सुनारको शंकास्पद मृत्युबारे अनुसन्धान सकिएको प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जनाएका छन् ।

प्रहरीले अब रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

असार ११ गते गायिका सुनार नेपालटारस्थित डेरामा मृत भेटिएकी थिइन् ।

अनुसन्धानका क्रममा घाँटीमा मार्क’बाहेक शरीरमा अन्य कुनै संकेत नदेखिएको प्रहरीको भनाइ थियो ।

तर राति कोठामा सँगै रहेका प्रेमी गोठाटारका सूर्य श्रेष्ठ फरार रहेको खुलेपछि घटना शंकास्पद बनेको थियो ।

प्रहरी नियन्त्रणमा आएका श्रेष्ठले राति सँगै सुतेको र पछि झुण्डिएको अवस्थामा भेटिएपछि आफूले नकिालेको बताएका थिए ।

आत्तिएपछि आफू उनी झुण्डिएको सल लिएर भागेको बताएका थिए । उनकै बयानका आधारमा प्रहरीले हराएको सल पनि बरामद गरेको थियो ।

शवको पोष्टमार्टमार्फत घाँटीमा थिचिएकै कारणले मृत्यु भएको पत्ता लागेको थियो । तर रिपोर्ट अघि नै सुनारका आफन्तले श्रेष्ठविरुद्ध किटानी जाहेरी दिइसकेका छन् ।

सुनारले घटना भएको दिन बिहान १ः२० बजे ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिनँ, आमा’ भन्दै स्ट्याटस लेखेकी थिइन् ।

प्रहरीका अनुसार श्रेष्ठ र दिलमाया प्रेम सम्बन्धमा थिए । तर पछिल्लो समय उनीहरुबीच सम्बन्धमा दरार आउँदै गएको थियो ।

३० वर्षीया गायिका दिलमाया लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् ।

 

धेरै पढिएका

पछिल्ला अपडेट