प्रमोद खरेलको स्वरमा ‘मलाई बाँच्न सिकायौ’ सार्वजनिक

रंग नेपाल २०८० वैशाख २२ मा प्रकाशित

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘मलाई बाँच्न सिकायौ’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ ।

गीतकार नमिता दवाडीको शब्द शृजना रहेको सार्वजनिक गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ । मिक्सिङ तथा मास्टरिङ पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुनः प्राप्त भएको मायाको कथालाई देखाएको छ ।

एक प्रेमील जोडीले कहिल्यै नछुट्टीने बाचा कसम खाएको र मायामा आएको उत्तारचढावको दृश्यलाई निर्देशक मुनाल शिशिर कोइरालाले कलात्मक शैलीबाट भिडियोमा देखाएका छन् । जसमा शिशिर भण्डारी र मोडल अनुजा सिंहको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट