अभिनेता ताम्राकार मृत फेला

रंग नेपाल २०८० असार २२ मा प्रकाशित

काठमाडौं । फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् ।

ताम्राकार गए राति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको उनले बताए ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । ताम्राकारले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायतका अभिनय गरेका थिए । उनी हाल चलचित्र ‘ह्यासट्याग माया’ को अभिनयमा ब्यस्त थिए । घटनाबारे अनुसन्धान भइरहेको एसपी रिजालले बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट