काठमाडौं । सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन राम्री हुने गजलुले हो’ बोलको तिज गीत सार्वजनिक भएको छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले सोमबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी कुमालको तिज गीत ‘भो फुपै लाउदिन राम्री हुने गजलुले हो’ बोल्को गीत सार्वजनिक गरिएको हो ।
चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएकोमा कार्यक्रममा बोल्दै पछिल्लो समय भड्किलो बन्दै गएको समाज र आधुनिकिकरण बन्दै गएका संस्कार संस्कृतिलाई यस गीतले सकारात्मक सन्देश दिने बताए ।
‘तिज पर्वको जुन मर्म थियो, त्यसलाई पछिल्लो समय बढी नै आधुनिकिकरण गरिएको गुनासो पनि निकै पाइन्छ, त्यसैले तिजलाई कसरी सामान्य रूपमा मनाउने र संस्कृति संरक्षणको सवालमा कसरी जोड्न सकिन्छ भन्ने हिसावले गीतले केही सन्देश दिएको छ,’ अध्यक्ष केसीले भने ।
परम्परादेखि नै पश्चिम भेगमा गाउने तिज गीतहरूमा चेलीका बेदना पस्कने एउटा महत्वपूर्ण माध्यमको रूपमा लिइएको पर्वमा गाउने गरेका शब्दहरूलाई संकलन गरेर एउटा इतिहासमा अभिलेखीकरण गर्नका लागि भोलीका दिनमा हामीले हाम्रा पुराना भाका खोज्दा देख्न सक्ने गरि महत्वपूर्ण काम भएको उनको भनाइ छ ।