सञ्जु न्यौपानेको नयाँ तीज गीत ‘ए आमा हो’ सार्वजनिक

रंग नेपाल २०८० भदौ २३ मा प्रकाशित

काठमाडौं । गायिका सञ्जु न्यौपानेको नयाँ तीज गीत ‘ए आमा हो’ सार्वजनिक भएको छ । उनलाई गायक आरबी सेन्चुरीले साथ दिएका छन् । आरबीकै शब्द रहेको गीतमा दुर्गा दाहालको एरेन्ज रहेको छ ।

गीतको भिडियोलाई गायिका न्यौपानेले नै निर्देशन गरेकी हुन् । गीतको भिडियोमा न्यौपानेसँगै गंगा जोशी, भगवती धिताल, ग्याबिन रिमाल, विदिशा न्यौपाने जेसी र अरविन्द्र ढकालको अभिनय देख्न सकिन्छ । गीतमा यसपटक पनि तीजमा माइती घर आउन नपाइएको दुखेसो पोखिएको छ ।

मान्छे नचिनेर प्रेम विवाह गर्दा धोका पाइएको र त्यसले निम्ताएको समस्या गीतमार्फत देखाउन खोजिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट