एक्सिसकाे नयाँ गीत ‘पाइला’ सार्वजनिक

रंग नेपाल २०८० असोज २३ मा प्रकाशित

काठमाडौं । सांगीतिक ब्यान्ड एक्सिसले छ वर्षपछि नयाँ गीत ‘पाइला’ सार्वजनिक गरेको छ । ब्यान्डले युट्युब च्यानलबाट आइतबार गीत सार्वजनिक गरेको हो ।

ब्यान्डले पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालि (पिभिई नेटवर्क) को प्रस्तुतिमा गीत बजारमा ल्याएको हो ।

ब्यान्डले  गीतसँगै ‘एक्लो जीवन’, ‘पैसा’ र ‘विस्तारै’ बोलको गीत पनि तयार पारेको छ । गीत ‘पाइला’ मा व्यक्तिलाई हार नमानी जीवनमा अगाडि बढ्न प्रेरित गरिएको छ ।  त्यस्तै ‘एक्लो जीवन’ र ‘विस्तारै’ प्रेमभावका गीत हुन् । ‘पैसा’ मा भने जीवनमा पैसाको महत्त्व, पैसा र पैसाको शक्तिले मानिसले कसरी रङ फेर्छ भन्ने अथ्र्याइएको छ ।

ब्यान्डमा सन्दीप विश्वकर्मा (भोकलिस्ट), राजीव खड्का र निखिल सिकर्मी (गितार), सजिन महर्जन (बेसिस्ट) र अमूल्य श्रेष्ठ (ड्रम) छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट